दफा १७
कार्यकारी निर्देशकको नियुक्ति
(१) बोर्डको प्रशासकीय प्रमुखको रुपमा काम गर्न समितिले तोकिएबमोजिमको योग्यता पुगेको व्यक्तिलाई कार्यकारी निर्देशकको पदमा नियुक्ति गर्नेछ ।
(२) कार्यकारी निर्देशकको पदावधि पाँच वर्षको हुनेछ ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि कार्यकारी निर्देशकले पदीय जिम्मेवारी पूरा नगरेमा, बोर्डको हित विपरीत कुनै कामकारबाही गरेमा, निज कुनै खराब आचरणमा लागेमा वा समितिले दिएको निर्देशन अनुरुप निजले काम नगरेमा समितिले तोकिएको प्रक्रिया अपनाई निजलाई जुनसुकै बखत कार्यकारी निर्देशकको पदबाट हटाउन सक्नेछ ।
तर त्यसरी पदबाट हटाउनुअघि निजलाई सफाई पेश गर्ने मनासिब मौकाबाट वञ्चित गरिने छैन ।
(४) कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवाका अन्य शर्त तोकिएबमोजिम हुनेछन् ।